२०८३, आश्विन २० गते

images
  • विश्व
  • जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि, छोरा...

जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि, छोरा बने नयाँ सर्वोच्च नेता

जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि, छोरा बने नयाँ सर्वोच्च नेता

बुधवार, फाल्गुण २० २०८२०८:००
बुधवार, फाल्गुण २० २०८२०८:००
  • images

    काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ। तर यसको मिति र समय निश्चित भइसकेको छैन।

    इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ। खामेनीको जन्म पनि सन् १९३९ मा मसहदमै भएको थियो।

    इरानको अर्को सर्वोच्च नेता घोषणा खामेनीको अन्त्येष्टिपछि मात्र गरिनेछ। मंगलबार कोममा विज्ञहरूको सभाले सर्वोच्च नेता चयन गर्न मतदान गरेको खबर बाहिरियो।

    विज्ञहरूको सभामा ८८ सदस्य हुन्छन्, जसले देशको सर्वोच्च नेता चुन्नेछन्। 

    इरानका सर्वोच्च नेता खामेनी गत फेब्रुअरी २८ मा अमेरिकी(इजरायली आक्रमणमा मारिएका हुन्। त्यसबेलादेखि यो पद खाली छ।

    इरानको विपक्षीसँग सम्बद्ध इरान इन्टरनेसनलको दाबीअनुसार आईआरजीसीको दबाबमा विज्ञहरूको सभाले खामेनीका छोरा मोज्तबालाई अर्को सर्वोच्च नेताको रूपमा छनोट गरेको छ।

    यसैबिच इजरायली सेना ९आईडीएफ० ले इजरायली हवाई आक्रमणले शनिबारदेखि ३०० भन्दा बढी इरानी ब्यालिस्टिक मिसाइल लन्चर नष्ट गरेको दाबी गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend