२०८३, आश्विन २० गते

images

खाद्यको दशैं लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा, ४२ जिल्लाका ६३ केन्द्रबाट दिनेछ सेवा

खाद्यको दशैं लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा, ४२ जिल्लाका ६३ केन्द्रबाट दिनेछ सेवा

बिहिवार, आश्विन ३ २०८१०२:०४
बिहिवार, आश्विन ३ २०८१०२:०४
  • images

    काठमाडौँ । बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलाई लक्षित गरेको सुपथमूल्यका पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबारदेखि सञ्चालनमा ल्याएको उक्त पसल आगामी माघ २ गतेसम्म  सञ्चालन गर्नेछ । 

    काठमाडौँ उपत्यकाका ४ स्थानसहित खाद्यले ४२ जिल्लाका ६३ केन्द्रबाट सुपथ मूल्यका पसल सञ्चालन गर्ने जनाएको छ । 

    सहुलियत पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २३ भदौमा निर्णय गरेको थियो । उपत्यकाका चार स्थान थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष छ ।

    ५० हजार क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ । त्यस्तै तेल लिटरमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोको ७ रुपैयाँ छुट दिइएको छ ।

    कम्पनीले कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोको ७ रुपैयाँ छुट दिएको छ ।

    मकवानपुर, तुल्सीपुर लगायत स्थानबाट खसी–बोका १ हजार ५ सय वटा ल्याएर बेच्ने जनाएको छ । यस्तै  मुस्ताङको कालो च्यांग्रा ३ सय वटा बेच्ने जनाएको छ । च्यांग्रा र खसी–बोका कम्पनीको प्रादेशिक कार्यालय थापाथलीमा मात्रै पाइने छ ।

    च्यांग्रा र खसी–बोका घटस्थापना आसपासदेखि कम्तीमा नवमीको दिनसम्म बेच्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend