२०८३, आश्विन २० गते

images
  • विश्व
  • बालेन निर्वाचित भएपछि मोदीले भनेः नयाँ...

बालेन निर्वाचित भएपछि मोदीले भनेः नयाँ सरकारसँग नजिकबाट काम गर्ने तयार छु

बालेन निर्वाचित भएपछि मोदीले भनेः नयाँ सरकारसँग नजिकबाट काम गर्ने तयार छु

सीएनएन खबर
शनिवार, फाल्गुण २३ २०८२०७:१७
सीएनएन खबर
शनिवार, फाल्गुण २३ २०८२०७:१७
  • images

    काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग नजिकबाट काम गर्ने बताएका छन् । 

    “घनिष्ठ मित्र र छिमेकीको रूपमा, भारत साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न नेपालका जनता र उनीहरूको नयाँ सरकारसँग नजिकबाट काम गर्ने आफ्नो प्रतिबद्धतामा अडिग छ,” मोदीले एक्समा लेखेका छन् । 

    उनले निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपालका जनता र सरकारलाई हार्दिक बधाई समेत दिएका छन् । “मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्दा खुसी लाग्छ ।” 

    नेपालमा भएको सफल निर्वाचनलाई मोदीले ऐतिहासिक कोशेढुंगा भन्दै नेपालको लोकतान्त्रिक यात्रामा गर्वको क्षण भएको बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend