काठमाडौँ । नेकपा एमालेका शेरधन राईलाई हराउँदै भोजपुरबाट श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् ।
माटो चुनाव चिन्हका उनले १६ हजार ६६३ मतसहित विजय हासिल गरेका हुन् ।
ध्रुवका निकट प्रतिस्पर्धी शेरधनले १४ हजार ७५० मत ल्याएका छन् भने नेपाली कांग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले छ हजार १०२ मत ल्याएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले पाँच हजार ६२८ मत पाएका छन् ।

