२०८३, आश्विन २० गते

images
  • राजनीति
  • हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक, रास्वपाका...

हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक, रास्वपाका ११९ उम्मेदवार विजयी

हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक, रास्वपाका ११९ उम्मेदवार विजयी

आइतवार, फाल्गुण २४ २०८२०५:३४
आइतवार, फाल्गुण २४ २०८२०५:३४
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले छ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिसकेका छन् ।

    निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ ।

    आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी भएका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भए ।

    समानुपातिकतर्फ

    प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ४५ लाख ३० हजार ९१३ मतगणना सम्पन्न भएको छ । 

    त्यसमध्ये रास्वपाले २२ लाख ३९ हजार ८७०, कांग्रेसले सात लाख ६० हजार ४८५, एमालेले छ लाख ४६ हजार ७७० र नेकपाले तीन लाख चार हजार ६२, राप्रपाले एक लाख ६३ हजार १५१ र श्रम संस्कृति पार्टीले एक लाख सात हजार ३२ मत प्राप्त गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend