२०८३, आश्विन २० गते

images
  • राजनीति
  • समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा रास्वपाको...

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा रास्वपाको ४८ प्रतिशत, राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड जोखिममै

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा रास्वपाको ४८ प्रतिशत, राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड जोखिममै

सोमवार, फाल्गुण २५ २०८२०७:१६
सोमवार, फाल्गुण २५ २०८२०७:१६
  • images

    समानुपातिकको मतगणना जारी स् ७५ लाख ७५ हजार १९३   गणनाहुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त
    काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ  ।

    निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहान ५: ५० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ । 

    कांग्रेसले १२ लाख ३३ हजार मत पाएको हो । २० सिट पाउने उसको मत साढे १६ प्रतिशत हो । 

    एमालेले १० लाख ४३ हजार मत पाएको छ । करिव १४ प्रतिशत मत पाएको उसले १६ सिट पाउने देखिन्छ ।

    नेपाली कम्यूनिष्ट पार्टीको ५ लाख ३५ हजार मत छ । करिव सात प्रतिशत मत पाएको नेकपाले ८ सिट पाउने देखिन्छ ।

    राप्रपाले २ लाख ५७ हजार मत पाएको छ । साढे ३ प्रतिशत भन्दा केही कम मत पाएको राप्रपाले ४ सिट पाउने देखिन्छ ।

    अहिलेसम्मको मतगणना हेर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा बाहेक श्रम संस्कृति पार्टीले पनि थ्रेसहोल्ड कटाएकाले समानुपातिक सिट दावी गर्न पाउने भएको छ । तर राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने जोखिममा नै छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend