२०८३, आश्विन २० गते

images

रवि लामिछाने विरुद्धको मुद्धा हेर्न नभ्याइनेमा

रवि लामिछाने विरुद्धको मुद्धा हेर्न नभ्याइनेमा

सोमवार, फाल्गुण २५ २०८२०२:३३
सोमवार, फाल्गुण २५ २०८२०२:३३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटहरू ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन् ।

    सोमबार सुनुवाइका लागि न्यायाधीशद्वय डा। नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, अदालतको समय अभाव र पालो नआएका कारण उक्त बहुचर्चित मुद्दाहरूमाथि आज सुनुवाइ हुन नसकेको हो ।

    सर्वोच्च अदालतले अद्यावधिक गरेको पेसी सूचीमा तीनवटै रिटको अन्तिम स्थिति ’हेर्न नभ्याइने’ उल्लेख गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend