२०८३, आश्विन २० गते

images

समानुपातिकतर्फ १ करोड २ लाख मत गणना, रास्वपा ५० लाखको नजिक

समानुपातिकतर्फ १ करोड २ लाख मत गणना, रास्वपा ५० लाखको नजिक

मंगलवार, फाल्गुण २६ २०८२०६:४१
मंगलवार, फाल्गुण २६ २०८२०६:४१
  • images

    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ।

    निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड २ लाख २८ हजार ५ सय ६७ मत गणना भइसकेको छ।

    समाचार तयार पार्दासम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४९ लाख १५ हजार ४ सय ७८ मत प्राप्त गरेको छ। यससँगै रास्वपा समानुपातिकतर्फ ५० लाख मतको ऐतिहासिक आँकडाको निकै नजिक पुगेको छ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म १६ लाख ६४ हजार ४ सय ६२ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १३ लाख ८२ हजार ९ सय ८० मतका साथ तेस्रो स्थानमा रहेको छ।

    त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ७ लाख ४७ हजार ३ सय ३१ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।

    अन्य दलतर्फ श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ९० मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ७ सय ७१ मत पाएको छ। त्यस्तै, जनता समाजवादी पार्टी, नेपालले १ लाख ६७ हजार ९ सय १५ मत प्राप्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend