२०८३, आश्विन २० गते

images
  • राजनीति
  • समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत,...

समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत, थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्यो राप्रपा

समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत, थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्यो राप्रपा

मंगलवार, फाल्गुण २६ २०८२१०:५९
मंगलवार, फाल्गुण २६ २०८२१०:५९
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख मत कटाएको छ । 

    मंगलबार  बिहान १०ः४० बजेसम्म एक करोड चार लाख १९ हजार २३४ मतगणना गरिँदा रास्वपाले ५० लाख ५२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९२ हजार ८६ मत प्राप्त गरेको छ । नेकपा (एमाले) १४ लाख ११ हजार ४२९ मत ल्याएर तेस्रो स्थानमा छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सात लाख ६६ हजार ८७५ मतसहित चौथो स्थानमा छ ।

    श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४१५ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख २४ हजार ८८१ मत ल्याएको आयोगले जनाएको छ । 

    यी ६ पार्टी राष्ट्रिय दल बन्ने करिब निश्चित भएको छ । प्रत्यक्ष मतदानमा कम्तीमा एक सीट जित्ने दलहरूले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत (थ्रेसहोल्ड) कटाएपछि मात्र समानुपातिक मत प्रणालीबाट सीट पाउँछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend