२०८३, आश्विन २० गते

images

घाइतेको हल्लाबीच खामेनी सुरक्षित रहेको दाबी

घाइतेको हल्लाबीच खामेनी सुरक्षित रहेको दाबी

सीएनएन खबर
बुधवार, फाल्गुण २७ २०८२०२:३५
सीएनएन खबर
बुधवार, फाल्गुण २७ २०८२०२:३५
  • images

    काठमाडौँ । इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिरहेका बेला उनी सुरक्षित र स्वस्थ रहेको दाबी इरानी राष्ट्रपतिको छोराले गरेका छन् । इजरायल र संयुक्त राज्य अमेरिकासँगको जारी युद्धको पृष्ठभूमिमा यस्तो दाबी सार्वजनिक गरिएको हो ।

    इरानी राष्ट्रपतिको छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत मोजताबा खामेनीको अवस्थाबारे टिप्पणी गर्दै उहाँ घाइते भएको खबर आफूले पनि सुनेको तर त्यसको पुष्टि नभएको बताए । उनका अनुसार आफूले सम्पर्कमा रहेका केही व्यक्तिसँग सोधपुछ गर्दा उनीहरूले खामेनी सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् ।

    “मैले मोजताबा खामेनी घाइते भएको खबर सुनेको थिएँ । मैले सम्पर्क भएका केही साथीहरूलाई सोधेको छु । उनीहरूले भगवानको कृपाले उनी सुरक्षित र स्वस्थ हुनुहुन्छ भन्ने बताएका छन्”, पेजेस्कियानले सामाजिक सञ्जालमार्फत लेखेका छन्। 

    यसअघि सरकारी टेलिभिजनले खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्व सैनिक’ भनेर उल्लेख गरेको थियो । तर उहाँ कहिले र कसरी घाइते हुनुभएको हो भन्नेबारे भने कुनै स्पष्ट विवरण दिइएको थिएन ।

    मोजताबा खामेनी इस्लामिक गणतन्त्रका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातुल्ला अली खामेनीका छोरा र उत्तराधिकारी हुनुहुन्छ । आयातुल्ला अली खामेनीको फेब्रुअरी २८ मा इरानमाथि गरिएको अमेरिका–इजरायल संयुक्त आक्रमणमा मृत्यु भएपछि मोजताबालाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सारिएको हो । उक्त घटनापछि नै मध्यपूर्व क्षेत्रमा व्यापक युद्ध सुरु भएको थियो ।

    छपन्न वर्षीय मोजताबा खामेनी सामान्यतः सार्वजनिक जीवनमा कम देखिने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँ सार्वजनिक कार्यक्रममा विरलै देखिनुहुन्छ र प्रायः आधिकारिक कार्यक्रममा बोल्न पनि कमै देखिएको बताइन्छ ।

    आइतबार सर्वोच्च नेता घोषणा गरिएपछि पनि उहाँले राष्ट्रलाई औपचारिक सम्बोधन गरेका छैनन। साथै हालसम्म उहाँका तर्फबाट कुनै लिखित वक्तव्य पनि सार्वजनिक भएको छैन, जसले उनको अवस्थाबारे विभिन्न अनुमानहरू फैलिन मद्दत गरेको छ ।

    यसैबीच अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले बुधबार प्रकाशित गरेको एक रिपोर्टमा तीन जना नाम नखुलाइएका इरानी अधिकारीहरूलाई उद्धृत गर्दै मोजताबा खामेनी घाइते भएको उल्लेख गरेको थियो । उक्त रिपोर्टअनुसार उहाँको खुट्टामा चोट लागेको थियो, तर उहाँ सचेत अवस्थामा रहेको र सीमित सञ्चारका साथ अत्यन्त सुरक्षित स्थानमा बसिरहेको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend