२०८३, आश्विन १९ गते

images
  • विश्व
  • इन्धन अभावले क्युबामा मानवीय सङ्कट गहिरिँदै,...

इन्धन अभावले क्युबामा मानवीय सङ्कट गहिरिँदै, स्वास्थ्य सेवा गम्भीर प्रभावित

इन्धन अभावले क्युबामा मानवीय सङ्कट गहिरिँदै, स्वास्थ्य सेवा गम्भीर प्रभावित

बुधवार, फाल्गुण २७ २०८२०२:४०
बुधवार, फाल्गुण २७ २०८२०२:४०
  • images

    काठमाडौँ । क्युबामा बढ्दो इन्धन अभावका कारण देश गम्भीर मानवीय संकटतर्फ धकेलिएको भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार इन्धन आयात गर्न नसक्दा क्युबामा ऊर्जा सङ्कट बढ्दै गएको छ, जसले स्वास्थ्य सेवा लगायतका आधारभूत सेवाहरूलाई गम्भीर रूपमा प्रभावित बनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयका अनुसार अस्पतालहरूमा बारम्बार विद्युत् कटौती, अत्यावश्यक औषधिको अभाव तथा महत्वपूर्ण चिकित्सा उपकरण सञ्चालनमा समस्या देखिएको छ । क्यान्सर उपचार, डायलिसिस सेवा, आकस्मिक उपचार, शिशु तथा मातृ स्वास्थ्य सेवा समेत प्रभावित भएका छन् ।

    विद्युत् र स्रोतको अभावका कारण करिब १६ हजार क्यान्सर बिरामीलाई रेडियोथेरापी तथा १२ हजारभन्दा बढी बिरामीलाई केमोथेरापी उपचार उपलब्ध गराउन कठिन भएको जनाइएको छ । एम्बुलेन्समा इन्धन अभाव हुँदा आकस्मिक उपचारमा ढिलाइ भइरहेको छ ।

    त्यसैगरी, झण्डै १० लाख मानिस ट्याङ्करबाट ल्याइने पानीमा निर्भर रहेको र पानी पम्प गर्ने अधिकांश प्रणाली विद्युत्मा आधारित भएकाले सेवा अवरुद्ध भइरहेको बताइएको छ ।

    खाद्य आपूर्ति प्रणाली पनि प्रभावित भएको छ । उत्पादनदेखि भण्डारण र वितरणसम्मको प्रक्रियामा समस्या देखिएकाले देशभर आधारभूत खाद्य वस्तुको उपलब्धता घट्दै गएको जनाइएको छ ।

    संयुक्त राष्ट्रसङ्घले सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै क्युबामा मानवीय सहायता पु¥याउने प्रयास भइरहेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend