२०८३, आश्विन २० गते

images
  • राजनीति
  • निर्वाचन सकिएको एक सातापछि ओलीले भनेः...

निर्वाचन सकिएको एक सातापछि ओलीले भनेः जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्छु

निर्वाचन सकिएको एक सातापछि ओलीले भनेः जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्छु

बिहिवार, फाल्गुण २८ २०८२१०:४२
बिहिवार, फाल्गुण २८ २०८२१०:४२
  • images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सकिएको सात दिनपछि मतदातालाई धन्यवाद दिएका छन् । 

    निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको एमालेका अध्यक्ष ओलीले आफ्नो पक्षमा मत नआए पनि आफ्नो जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको बताएका छन् । 

    ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ,’ चुनावको सम्पूर्ण परिणाम आइसकेपछि उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’

    ओलीले सूर्य चिन्हमा मतदान गरी साथ दिने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक तथा समर्थकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

    उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने स्पष्ट पारेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend