२०८३, आश्विन १९ गते

images
  • फोटो फिचर
  • धन्यवाद पत्र दिएर बिदाई गरियो निर्वाचन...

धन्यवाद पत्र दिएर बिदाई गरियो निर्वाचन प्रहरीलाई (फोटोफिचर)

धन्यवाद पत्र दिएर बिदाई गरियो निर्वाचन प्रहरीलाई (फोटोफिचर)

बिहिवार, फाल्गुण २८ २०८२०१:२२
बिहिवार, फाल्गुण २८ २०८२०१:२२
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।

    फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतगणना पनि सार्वजनिक भैसकेको अवस्थामा निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिएको हो ।  

    उनीहरूलाई ‘धन्यवाद पत्र’ सहित बिदाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेले जानकारी दिए । 

    निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको छ । त्यसबाहेक उनीहरूले रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् । निर्वाचन प्रहरीले ४ दिनको लागी दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम उपलब्ध गराइएको प्रहरी प्रवक्ता काफ्लेले बताए ।

    2.jpg
    3.jpg
    4.jpg
    election police1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend