२०८३, आश्विन २० गते

images
  • राजनीति
  • निर्वाचन आयोगले टुंगो लगायो समानुपातिकतर्फको सिट...

निर्वाचन आयोगले टुंगो लगायो समानुपातिकतर्फको सिट संख्या, कुन दलले कति पाए ?

निर्वाचन आयोगले टुंगो लगायो समानुपातिकतर्फको सिट संख्या, कुन दलले कति पाए ?

शुक्रवार, फाल्गुण २९ २०८२०७:५१
शुक्रवार, फाल्गुण २९ २०८२०७:५१
  • images

    काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएको हो । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेसले २० सिट पाउँदा नेकपा एमालेले १६ सिट पाएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ९ सिट पाउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले समान ४ सिट पाएका छन् ।

    आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत (९६.०५ प्रतिशत) मत सदर भएको थियो । 

    समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी आर्यागले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने ६ दललाई सिट संख्या निर्धारण गरिएको हो। 

    प्रत्यक्षतर्फ पनि रास्वपाले नै सबैभन्दा बढी १२५ सिट प्राप्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend