२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रविको मुद्धा फिर्ता विरुद्धको सुनुवाई आज,...

रविको मुद्धा फिर्ता विरुद्धको सुनुवाई आज, सुवेदी र पोखरेलको संयुक्त इजलासमा पेसी

रविको मुद्धा फिर्ता विरुद्धको सुनुवाई आज, सुवेदी र पोखरेलको संयुक्त इजलासमा पेसी

आइतवार, चैत्र १ २०८२११:१६
आइतवार, चैत्र १ २०८२११:१६
  • images

    काठमाडौँ । रास्वपा सभापति रवि लामिछानको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । उक्त रिटको सुनुवाइको लागि शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी निर्धारण भएको छ ।

    सभापति लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने निर्णयविरुद्ध रिटमाथि फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले आजका लागि पेसी निर्धारण गरेको थियो ।

    विपक्षीहरूको लिखित जवाफसमेत परिसकेको वा लिखित जवाफ पर्ने म्याद नाघिसकेको र प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिएको भन्दै हेर्न नहुनेबाहेक पेसी स्थगित नहुने गरी पूर्ण सुनुवाइका लागि पेसी तोक्न आदेश दिइएको थियो ।

    महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते सभापति लामिछानेमाथि अदालतमा विचाराधीन अवस्थामा रहेको सहकारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेकी थिइन् ।

    उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलसहितका कानुन व्यवसायीले सर्वोच्चमा रिट हालेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend