२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रास्वपाले छान्यो ५७ समानुपाति सांसद, ९...

रास्वपाले छान्यो ५७ समानुपाति सांसद, ९ पुरुष पर्दा ४८ महिला

रास्वपाले छान्यो ५७ समानुपाति सांसद, ९ पुरुष पर्दा ४८ महिला

आइतवार, चैत्र १ २०८२०१:४६
आइतवार, चैत्र १ २०८२०१:४६
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा पठाउने ५७ जनाको नामावली टुंगो लगाएको छ।

    आइतबार बसेको पार्टी सचिवालय बैठकले ४८ महिला र ९ पुरुषसहितको सूची अन्तिम रूप दिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

    उनका अनुसार सूचीमा खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनालाई समेटिएको छ।

    पार्टीले तयार पारेको नामावली आजै निर्वाचन आयोग नेपालमा बुझाइने प्रवक्ता झाले बताए। यद्यपि, कुन क्लस्टरबाट को–को परेका छन् भन्ने विवरण भने रास्वपाले अहिलेसम्म सार्वजनिक गरेको छैन। आयोगले नामावली रुजु गरी स्वीकृत गरेपछि मात्रै सूची सार्वजनिक गरिने प्रवक्ता झाले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend