२०८३, आश्विन २० गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठकले  गर्‍यो गृहमन्त्री अर्याललाई राष्ट्रियसभा...

मन्त्रिपरिषद् बैठकले  गर्‍यो गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिसदेखि प्रधानमन्त्रीका प्रमुख स्वकीय मनोनितसम्म

मन्त्रिपरिषद् बैठकले  गर्‍यो गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिसदेखि प्रधानमन्त्रीका प्रमुख स्वकीय मनोनितसम्म

आइतवार, चैत्र १ २०८२०६:२७
आइतवार, चैत्र १ २०८२०६:२७
  • images

    काठमाडौँ । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले गरेका मुख्य मुख्य निर्णयहरू प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी गराएका हुन् ।

    उनका अनुसार, भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको छ ।

    जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने गरि नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको हो ।

    त्यस्तै, बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत गर्ने निर्णण् गरेको छ । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन् ।

    उनी आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् ।  आदर्शकुमार श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए । उनले प्रधानमन्त्रीको सचिवालयमा पत्नी र नातेदारलाई राखेका थिए ।

    श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरह स्वकीय सहसचिव बनाएको कुरा खुलेपछि प्रधानमन्त्रीको सचिवालयबाट सबै नियुक्तिहरू हटाइएको थियो ।

    बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

    त्यस्तै, बैठकले नेपालका हिमनदी बेसिन क्षेत्रमा हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनजन्य बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाको लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend