२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सर्वाेच्च्ले दिएन किशोरी यादवको पक्षमा अन्तरिम...

सर्वाेच्च्ले दिएन किशोरी यादवको पक्षमा अन्तरिम आदेश, मातृका यादवले पाए सांसदको मान्यता

सर्वाेच्च्ले दिएन किशोरी यादवको पक्षमा अन्तरिम आदेश, मातृका यादवले पाए सांसदको मान्यता

सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०६:४६
सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०६:४६
  • images

    काठमाडौँ । सर्वोच्च अदालतले धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी यादवको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय हाललाई कायम रहने भएको छ ।

    यादवले आयोगको निर्णय खारेज गर्न माग गर्दै आयोगमा रिट हालेका थिए । तर आयोगले अन्तिम फैसलाअनुसार हुने गरी हाललाई अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

    यससँगै धनुषा १ मा नेकपाका उम्मेदवार मातृका यादवले पाएको विजयी प्रमाणपत्र हाललाई जोगिएको छ ।

    आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै यादवले दिएको अर्को रिटमाथि फैसला हुन बाँकी छ । उक्त फैसलासँगै धनुषा १ को अन्तिम टुंगो लाग्ने छ । हाललाई नेकपाका यादवले शपथ खान पाउने अवस्था देखिएको छ ।

    रास्वपालाई दुई तिहाइ बहुमत पुर्याउन धनुषा १ माथि अदालतको आदेश महत्वपूर्ण थियो । रास्वपा दुई तिहाइ बहुमतबाट २ सिटले मात्रै टाढा छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend