काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका छन् । मंगलबारबाट जारी अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन पाएका थिएनन् ।
आज सभापति लामिछाने र वरिष्ठ नेता शाह समापनमा सहभागी हुन लागेका हुन् । लामिछानेले समापनि समारोहमा सम्बोधनको तयारी गरीरहँदा पार्टीका बरिष्ठ उपाध्यक्ष बालेन भने जाने सम्भावना न्यून रहेको पाइएको छ ।
बालेननिकट एक सांसदका अनुसार, कार्यव्यस्तताका कारण उनी सहभागी हुने सम्भावना न्यून छ ।
अभिमुखीकरण कार्यक्रमको कार्यसूचीमा पनि बालेन सहभागी हुने कार्यसूची छैन । यद्यपि, बालेनलाई पनि कार्यक्रममा उपस्थित गराउने प्रयास भइरहेको छ ।
पार्टी सभापति रवि लामिछानेको सम्बोधनसँगै दुईदिने अभिमुखीकरण कार्यक्रम आज समापन हुने कार्यसूची छ ।

