२०८३, आश्विन १९ गते

images
  • विश्व
  • भारतमा चार्जमा राखेको विद्युतीय गाडी पड्कीयो,...

भारतमा चार्जमा राखेको विद्युतीय गाडी पड्कीयो, ७ जनाको मृत्यु ३ घाइते

भारतमा चार्जमा राखेको विद्युतीय गाडी पड्कीयो, ७ जनाको मृत्यु ३ घाइते

बुधवार, चैत्र ४ २०८२११:२७
बुधवार, चैत्र ४ २०८२११:२७
  • images

    काठमाडौँ । भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ । बुधवार बिहानै भएको घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

    इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे घटना भएको हो । घटनाका बेला अधिकांश मानिसहरू आ–आफ्नो घरमा सुतिरहेका थिए ।

    इन्दौरका पुलिस कमिशनर सन्तोषकुमार सिंहले घर बाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारबाट आगो सल्किन सुरू भएको बताएका छन् । ‘प्रारम्भिक जाँचका क्रममा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट हुँदा कारमा आगो लाग्यो,’ उनले भने, ‘केही मिनेटमै आगो घर भित्र फैलियो । घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएका थिए ।’

    घरभित्र राखिएका झण्डै १५ ग्यास सिलिन्डरहरू आगोका कारण विष्फोट भएका बताइएको छ । प्रत्यक्षदर्शीले चार सिलिन्डर एकपछि अर्को गरी विष्फोट भएका बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend