काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । उनले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाएका थिए ।
उनलाई पार्टीभित्रैका केही नेताहरुले पनि नैतिकताका आधारमाराजीनामा दिन सुझाव दिएका थिए ।
उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पुष्टी गरे । उनले राजीनामा सार्वजनिक नभएको भन्दै भोली बस्ने बैठकमा छलफल हुनेछ ।
थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए ।

