२०८३, आश्विन २० गते

images

चैत १६ गते संसदको पहिलो बैठक बस्ने तयारी, यसरी हुँदैछ वर्कआउट

चैत १६ गते संसदको पहिलो बैठक बस्ने तयारी, यसरी हुँदैछ वर्कआउट

सीएनएन खबर
शुक्रवार, चैत्र ६ २०८२०७:१८
सीएनएन खबर
शुक्रवार, चैत्र ६ २०८२०७:१८
  • images

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन बुझाइसकेको अवस्थामा अब सङ्घीय संसद्को अधिवेशन बोलाउने प्रक्रिया अगाडि बढ्ने भएको छ। संविधानको धारा ९३ अनुसार प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने व्यवस्था रहेकाले अब त्यसतर्फको बाटो खुला भएको हो।

    राष्ट्रपति कार्यालय र सम्बन्धित निकायबीच अधिवेशन बोलाउने विषयमा अनौपचारिक समन्वय भइरहेको जनाइएको छ। नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते हुने तय भएसँगै त्यसपछि तुरुन्तै संसद् बैठक बोलाइने तयारी गरिएको छ। आन्तरिक छलफल अनुसार चैत १६ गते पहिलो बैठक बस्ने सम्भावना रहेको स्रोतहरूले बताएका छन्, यद्यपि अन्तिम मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन।

    सांसदहरूको शपथपछि सरकार गठन प्रक्रिया पनि अघि बढ्नेछ। संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ । हालै सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत हासिल गरेकाले सोही दलका संसदीय दलका नेता नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ। दलले संसदीय दलको नेता चयन गरी सरकार गठनका लागि दाबी प्रस्तुत गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुनेछ।

    यसअघि नवयुवा आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपतिले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनकै सिफारिसमा भदौ २७ गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरिएको थियो, जसको परिणामस्वरूप अहिलेको नयाँ राजनीतिक संरचना बनेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend