२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, के...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, के होला गगनको राजीनामा ?

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, के होला गगनको राजीनामा ?

शुक्रवार, चैत्र ६ २०८२०७:१९
शुक्रवार, चैत्र ६ २०८२०७:१९
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ ।

    सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीतिरकार्ययोजना बैठकका मूल एजेण्डा रहेको बताइएको छ ।

    हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा पार्टीको कमजोर नतिजामा आफूलाई जिम्मेवार ठान्दै सभापति थापाले राजीनामा दिएका छन् ।

    यद्यपि, उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् ।

    सामाजिक सञ्जाल एक्समा बिहीबार शर्माले आजको बैठकमा सभापतिको राजीनामा पत्रसँगै राजीनामा अस्वीकृतको प्रस्ताव पनि पेश हुने बताए ।

    सभापति थापाले पार्टी पराजयको नैतिक जिम्मेवारी लिन्छु भन्नु सकरात्मक भए पनि सभापतिको प्रधान दायित्व वर्तमान स्थितिलाई सम्हाल्नु रहेको शर्माको भनाइ छ ।

    ‘नैतिक जिम्मा लिन्छु भन्नु सकरात्मक तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ’, शर्माले लेखेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend