२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापतिको...

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापतिको राजीनामा बारे औपचारिक निर्णय हुने

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापतिको राजीनामा बारे औपचारिक निर्णय हुने

आइतवार, चैत्र ८ २०८२०७:४२
आइतवार, चैत्र ८ २०८२०७:४२
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८:३० देखि सुरु हुनेछ ।

    शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा बैठकमा प्रस्तुत गरेका थिए ।

    पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, ६ चैतमा २५ केन्द्रीय सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको थियो । शुक्रबारको बैठकमा धारणा राख्ने सबैले पार्टी सभापति थापाको नैतिकताका आधारमा आएको राजीनामा अस्वीकार गर्ने धारणा राखेका छन् ।

    आइतबारको बैठकले सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय लिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend