२०८३, भाद्र ४ गते

images

नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा डेनमार्क र दक्षिण कोरियामा विस्तार

नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा डेनमार्क र दक्षिण कोरियामा विस्तार

images
मंगलवार, चैत्र १० २०८२०३:४३
मंगलवार, चैत्र १० २०८२०३:४३
  • काठमाडौँ । नेपाल टेलिकम ले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि अन्तर्राष्ट्रिय भोल्टी (VoLTE) रोमिङ सेवा डेनमार्क र दक्षिण कोरियामा पनि विस्तार गरेको छ। कम्पनीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त सेवा सञ्चालनमा आएको जानकारी दिएको हो।

    नयाँ विस्तारसँगै अब डेनमार्क र दक्षिण कोरिया मा पनि नेपाल टेलिकमका प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा उपयोग गर्न सक्नेछन्। यसका लागि टेलिकमले डेनमार्कको टेलिनोर र दक्षिण कोरियाको एसके टेलिकम सँग व्यावसायिक सम्झौता गरेको जनाएको छ।

    यसअघि क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान (आरओसी) मा उपलब्ध रहेको यो सेवा अब थप दुई देशमा विस्तार भएसँगै कुल ८ देशमा पुगेको छ। हालसम्म टेलिकमले विभिन्न देशका ९ सेवा प्रदायकसँग सहकार्य गर्दै यो सुविधा उपलब्ध गराउँदै आएको छ।

    अन्तर्राष्ट्रिय रोमिङ सेवामार्फत विदेशमा रहँदा पनि प्रयोगकर्ताले आफ्नै सिम प्रयोग गरी नेपालमै जस्तै भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्नेछन्। विशेषगरी भोल्टी प्रविधिको प्रयोगबाट एचडी गुणस्तरको स्पष्ट भ्वाइस कल अनुभव प्राप्त हुने बताइएको छ।

    कम्पनीका अनुसार यो सेवा प्रयोग गर्न मोबाइल सेटले VoLTE सपोर्ट गर्नुपर्नेछ र उक्त फिचर सक्रिय गरिएको हुनुपर्छ। सेवा सक्रिय नभएमा ग्राहकले आफ्नो मोबाइलबाट *444# डायल गरी ‘Activate VoLTE’ विकल्प छनोट गर्न सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend