२०८३, आश्विन २० गते

images
  • राजनीति
  • अमेरिकी विशेष दूत र रवि लामिछानेबीच...

अमेरिकी विशेष दूत र रवि लामिछानेबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

अमेरिकी विशेष दूत र रवि लामिछानेबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

बुधवार, चैत्र ११ २०८२११:३७
बुधवार, चैत्र ११ २०८२११:३७
  • images

    काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच टेलिफोन वार्ता भएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र रवि लामिछानेबीच मंगलबार (चैत १०) टेलिफोन वार्ता भएको जनाएको हो ।

    टेलिफोन वार्तामा दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएका थिए । 

    “अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ,” अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend