काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच केसीले शपथ लिएका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराए । प्रतिनिधिसभाका अन्य नवनिर्वाचित सदस्यको शपथ यही चैत १२ गते बिहीबारका लागि तोकिएको छ ।
ज्येष्ठ सदस्य केसीले नै सांसदहरूलाई शपथ गराउने छन् । नयाँ सभामुख चयन नहुँदासम्म केसीले नै संसद् बैठक सञ्चालन गर्नेछन् । उनले चैत १२ गते अर्थात भोली बाँकी रहेका अन्य सदस्यलाई शपथ खुवाउनेछन् ।

