काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण बिहीबार दिउँसो २ बजे तय भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार शपथ ग्रहण संसद् भवनमा आयोजना हुने छ। कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनेछन्। केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
शपथ ग्रहणसँगै सांसदहरूले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। कार्यक्रममा उच्च पदस्थ व्यक्तित्व, सुरक्षा निकायका प्रमुख तथा विभिन्न निकायका प्रतिनिधिको उपस्थिति रहने जनाइएको छ।
यससँगै नयाँ संसद्को पहिलो बैठकको तयारीसमेत अघि बढाइनेछ।

