२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रास्वपाले घण्टी घरमा बोलायो केन्द्रीय समितिको...

रास्वपाले घण्टी घरमा बोलायो केन्द्रीय समितिको बैठक, मुख्य एजेण्डा बालेन

रास्वपाले घण्टी घरमा बोलायो केन्द्रीय समितिको बैठक, मुख्य एजेण्डा बालेन

बिहिवार, चैत्र १२ २०८२०७:३९
बिहिवार, चैत्र १२ २०८२०७:३९
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डासहित केन्द्रीय समितिको बैठक बोलाएको छ। 

    पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आजका लागि बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । 

    वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठक दिउँसो ४ बजे सुरु हुनेछ। 

    बैठकबाट वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने निर्णय हुनेछ । लगत्तै संसदीय दलको बैठक बसेर निर्णयलाई अनुमोदन गरिने बताइएको छ । यसअघि नै पार्टीभित्र बालेनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको छ । 

    बैठकको कार्यसूचीमा पहिलो बुँदा नै संसदीय दलको नेता सम्बन्धमा राखिएको छ भने दोस्रो बुँदामा विविध समसामयिक विषयहरूमा छलफल हुने उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend