२०८३, आश्विन २० गते

images

सकियो नवनिर्वाचित सांसदहरूको शपथ

सकियो नवनिर्वाचित सांसदहरूको शपथ

बिहिवार, चैत्र १२ २०८२०२:२७
बिहिवार, चैत्र १२ २०८२०२:२७
  • images

    काठमाडौँ । प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ सकिएको छ ।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् ।

    संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सबै सांसदहरुलाई स्वागत गर्दै चैत ५ गते परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएको बताएका थिए । बानेश्वरमा रहेको भवन जेनजी आन्दोलनका क्रममा क्षति भएको र नवनिर्मित भवन तयार नभएको हुँदा संसद् सचिवालय बिलखबन्दमा परेको बताए ।

    उनले बहुउद्देश्यीय हललाई नै तयार पार्ने निर्णयअनुसार हतारहतारमा हल निर्माण गरिएको बताए ।

    संसद्मा निर्वाचित सदस्यले पहिलो बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार आज प्रतिनिधिसभाका सदस्यहरुलाई शपथ ग्रहण गराइएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend