२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रास्वपाको बैठकमा मन्त्रीको कुरै भएन, टुंग्याउन...

रास्वपाको बैठकमा मन्त्रीको कुरै भएन, टुंग्याउन सँगै गाडीमा निस्कीय रवि र बालेन

रास्वपाको बैठकमा मन्त्रीको कुरै भएन, टुंग्याउन सँगै गाडीमा निस्कीय रवि र बालेन

बिहिवार, चैत्र १२ २०८२०७:२०
बिहिवार, चैत्र १२ २०८२०७:२०
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) लाई चयन गरेको छ । भोलि (शुक्रबार) बालेनले प्रधानमन्त्रीको शपथ गर्दैछन् ।

    रास्वपाले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरेको छ । त्यसअघि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ लनेता बालेन मन्त्री छनोटबारे छलफलमा जुट्दैछन् ।

    बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सभापति र वरिष्ठ नेता एउटै गाडीमा निस्किएका छन् । उनीहरू मन्त्रीको नाम टुंग्याउन छलफलमा जुट्न लागेका हुन् । तर उनीहरूको छलफल कहाँ हुँदैछ भन्ने खुलाइएको छैन ।

    ‘दुई नेताबीच मात्रै छलफल हुँदैछ’ स्रोतले अनलाइनखबरसँग भन्यो । केही नेताका अनुसार अहिलेसम्म मन्त्रीको नाम टुंगिएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend