२०८३, आश्विन २० गते

images
  • राजनीति
  • स्वर्णिम अर्थ, शिशिर परराष्ट्र र सुदन...

स्वर्णिम अर्थ, शिशिर परराष्ट्र र सुदन गुरुङ गृहमन्त्री

स्वर्णिम अर्थ, शिशिर परराष्ट्र र सुदन गुरुङ गृहमन्त्री

शुक्रवार, चैत्र १३ २०८२१०:०२
शुक्रवार, चैत्र १३ २०८२१०:०२
  • images

    काठमाडौँ । बालेन सरकारमा गृहमन्त्रीको जिम्मेवारी सुदन गुरुङले पाउने भएका छन् । शुक्रबार बिहान भएको रास्वपाका सभापति रवि लामिछाने र बरिष्ठ उपाध्यक्ष तथा प्रधानमन्त्री बालेन शाहबीच भएको छलफलमा गुरुङलाई गृहमन्त्री बनाउने निर्णय भएको हो । 

    उनी जेनजी आन्दोलनका अगुवा सुधन गुरुङलाई दिएको छ। उनी गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।   

    यस्तै, बालेन्द्र शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थ र शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने भएका छन् ।

    सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच भएको छलफलपछि अर्थ र परराष्ट्र मन्त्री टुंगो लागेको रास्वपाका एक शीर्ष नेताले बताए ।

    २१ फागुनमा भएको चुनावको प्रचारप्रसारका बेलै रास्वपा सभापति रवि लामिछानेले वाग्लेलाई भावी अर्थमन्त्रीका रुपमा प्रस्तुत गरेको थिए । उनले वाग्लेलाई आगामी आर्थिक वर्षको बजेट लेख्दै गर्न समेत भनेका थिए ।

    खनाल रास्वपाबाट पहिले शिक्षामन्त्री समेत भइसकेका नेता हुन् । उनी रास्वपा र बालेन्द्र शाहबीच एकताका लागि भएको संवादमा समेत सहभागी नेता हुन् । खनाल पार्टीमा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend