काठमाडौँ । बालेन साहको नेतृत्वमा बन्ने नया सरकारको कानुनमन्त्रीमा सोबिता गौतम हुने टुंगो लागेको छ ।
रास्वपाले गौतमलाई कानुनमन्त्री बनाएको छ । उनले प्रधानमन्त्री बालेन शाहसँगै आजै शपथ ग्रहण गर्ने छिन् । रास्वपा उच्च स्रोतका अनुसार गौतमलाई कानुन मन्त्री भएको जानकारी गराइसकेको छ ।
यस्तै, नयाँ सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा रास्वपाकै सुनिल लम्साल हुने भएका छन् ।
अमरेश कुमार सिहं रास्वपा सरकारमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बन्ने भएका छन् । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापलाई हराएर संसद छिरेका सिंह मन्त्री बन्ने भएका हुन् ।
रास्वपाले प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्री बनाएको छ । उनलाइ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणको पनि जिम्मेवारी दिने तयारी गरिएको छ ।
उनले प्रधानमन्त्री बालेन शाहसँगै आजै शपथ ग्रहण गर्ने छिन् ।

