काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डोल प्रसाद अर्याललाई प्रतिनिधिसभाको सभामुख बनाउने तयारी गरेको छ।
आज बिहान बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले अर्याललाई सभामुखका रूपमा अघि सार्ने सहमति जुटाएको एक उच्च नेताले जानकारी दिएका छन्।

