२०८३, आश्विन २० गते

images
  • राजनीति
  • बालेन क्याबिनेट १५ सदस्यीय, दोस्रो वरियतामा...

बालेन क्याबिनेट १५ सदस्यीय, दोस्रो वरियतामा वाग्ले

बालेन क्याबिनेट १५ सदस्यीय, दोस्रो वरियतामा वाग्ले

शुक्रवार, चैत्र १३ २०८२१०:५२
शुक्रवार, चैत्र १३ २०८२१०:५२
  • images

    काठमाडौँ । रास्वपाका बरिष्ठ नेता बालेन शाहको मन्त्रिमण्डल १५ सदस्यीय हुने भएको छ । 

    रास्वपाले उपसभापति डा.स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाएको छ । मन्त्रिपरिषद्मा दोस्रो वरियतासहित वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको रास्वपा उच्च स्रोतले बतायो । डा.वाग्ले प्रधानमन्त्री बालेन्द्र शाह पछिको दोस्रो वरियतामा रहनेछन् । उनी तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । 

    यस्तै, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, गृहमन्त्रीमा सुदन गुरुङ, उद्योगमा अमरेश कुमार सिंह र कानुनमन्त्रीमा सोबिता गौतम नियुक्तीको टुंगो लागेको हो । 

    भौतिक पूर्वाधार तथा यातायातमा सुनिल लम्साल, भूमि तथा सहकारी र सामान्य प्रशासनमा प्रतिमा रावल, उर्जामा विराजभत्त श्रेष्ठ, शिक्षामा संस्कृत पोखरेल, पर्यटनमा गणेश पौडेल र महिला तथा बालबालिकामा सिता वादीको टुंगो लागेको हो । 

    यस्तै, कृषिमन्त्रीमा गिता चौधरी, सञ्चार तथा सुचना प्रविधिमन्त्रीमा बिक्रम तिमिल्सिना, श्रम रोजगार तथा सामाजिक सुरक्षामा दीपक शाह र निशा मेहतालाई स्वास्थ्यमन्त्री बनाउन लागेको हो । 

    रास्वपाले सभामुखमा पार्टीका उपसभापति डीपी अर्याललाई पठाउने भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend