२०८३, आश्विन २० गते

images
  • राजनीति
  • बालेनको शपथमा गएनन् ओली, देउवा देश...

बालेनको शपथमा गएनन् ओली, देउवा देश बाहिरै

बालेनको शपथमा गएनन् ओली, देउवा देश बाहिरै

शुक्रवार, चैत्र १३ २०८२१२:५४
शुक्रवार, चैत्र १३ २०८२१२:५४
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेनको शपथ समारोहमा दुई पूर्वप्रधानमन्त्री अनुपस्थित बनेका छन् । शुक्रबार बालेनको शपथमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका पूर्वसभापति शेरवहादुर देउवा अनुपस्थित भएका हुन् । 

    राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् ।

    अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी छन् ।

    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा सहभागी भएका छैनन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेससका पूर्वसभापति शेरबहादुर देउवा भने विदेशमा रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend