२०८३, आश्विन १९ गते

images

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रवार, चैत्र १३ २०८२०३:३४
शुक्रवार, चैत्र १३ २०८२०३:३४
  • images

    काठमाडौँ । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ ।

    बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

    उनीहरू सबैले सिंहदरबार पुगेर पदभार गरिसकेका छन् । सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिइने बताइएको छ ।

    धेरैजसो मन्त्रीहरूले पदभार ग्रहणमा पहिलो निर्णय लिएका छैनन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend