२०८३, आश्विन २० गते

images
  • राजनीति
  • पूजापाठ गरेर बालुवाटार सरे प्रधानमन्त्री बालेन...

पूजापाठ गरेर बालुवाटार सरे प्रधानमन्त्री बालेन (फोटोफिचर)

पूजापाठ गरेर बालुवाटार सरे प्रधानमन्त्री बालेन (फोटोफिचर)

शुक्रवार, चैत्र १३ २०८२०६:१८
शुक्रवार, चैत्र १३ २०८२०६:१८
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। 

    शुक्रबार साँझ प्रधानमन्त्री शाह सरकारी निवास बालुवाटार सरेका हुन्। उनले पूजापाठ गरेर बालुवाटार सरेको कर्मचारीहरूले बताएका छन्। 

    baluwater puja1.jpg

    निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आजै सरकारी निवास छोडेकी थिइन्। शुक्रबार मध्याह्न राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी भएर निवर्तमान प्रधानमन्त्री कार्कीले सरकारी निवास छोडेकी थिइन्। 

    त्यस्तै, आजै मध्याह्न राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहले पद तथा गोपनियताको शपथ लिएका थिए। शपथमा पनि सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले मङ्गल पाठ गरेका थिए।

    baluwater puja2.jpg
    baluwater puja3.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend