२०८३, आश्विन २० गते

images
  • राजनीति
  • टिचिङ अस्पतालमा भर्ना भए एमाले अध्यक्ष...

टिचिङ अस्पतालमा भर्ना भए एमाले अध्यक्ष ओली

टिचिङ अस्पतालमा भर्ना भए एमाले अध्यक्ष ओली

शनिवार, चैत्र १४ २०८२१०:१४
शनिवार, चैत्र १४ २०८२१०:१४
  • images

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।

    आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो । मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले उनलाई सुरुमा अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

    ‘रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई ५०१ नम्बर बेडमा भर्ना गरिएको छ,’ अस्पताल स्रोतले बतायो ।

    ५०१ नम्बर बेड भएको भवनसम्म लैजाँदा ओलीलाई उनकै गाडी चढाएर लगिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend