२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न...

पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतवार, चैत्र १५ २०८२०७:३२
आइतवार, चैत्र १५ २०८२०७:३२
  • images

    काठमाडौँ । पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ। 

    आइतबार जिल्ला अदालत, काठमाडौँले पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

    प्रहरीले उनलाई आइतबार बिहान जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको थियो।

    खड्काको घरमा भएको आगलागीपछि ठूलो मात्रामा नगद जलेको देखिएको भिडियो सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान तीव्र बनाइएको थियो। उक्त घटनाले सार्वजनिक चासो बढेपछि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।

    पूर्वमन्त्री खड्का नेपाली कांग्रेसको तर्फबाट ऊर्जा मन्त्री भइसकेका व्यक्ति हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend