२०८३, आश्विन २० गते

images
  • राजनीति
  • एक्सनमा बालेनः मेयर हुँदा मुद्दा दर्ता,...

एक्सनमा बालेनः मेयर हुँदा मुद्दा दर्ता, प्रधानमन्त्री भएलगतै पक्राउ गरे

एक्सनमा बालेनः मेयर हुँदा मुद्दा दर्ता, प्रधानमन्त्री भएलगतै पक्राउ गरे

सोमवार, चैत्र १६ २०८२०६:५९
सोमवार, चैत्र १६ २०८२०६:५९
  • images

    प्रधानमन्त्री बालेन शाहले एमालेकी प्रदे्शसभा सांसद रेखाकुमारी शर्मालाई पक्राउ गरेका छन् । काठमाडौँ महानगरपालिकाको मयर हुँदा शर्मा विरुद्ध उनले नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा विरुद्ध मुद्दा दर्ता गरेका थिए । 

    तर, एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनी विरुद्द मुद्धा नै दर्ता नगर्ने बनाईदिएको थियो । मेयर हुँदा मुद्दा दर्ता गरेका बालेनले प्रधानमन्त्री भएसँगै आइतबार साँझ उनलाई पक्राउ गरेका हुन्। 

    गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो।

    शर्मा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले पनि आइतबार राती करिब ११ बजे उनी पक्राउ परेको जानकारी दिए। 

    डेढ एक वर्षअघि नै शर्मामाथि घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो। ६ वर्षदेखि शर्माले घरमा एक बालिकालाई कामदारको रुपमा राखेर कुटपिटसहित श्रमशोषण गरेको आरोप थियो। 

    ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताइएकी थिइन्। उनको अवस्था पनि खराब देखिएपछि त्यतिबेला काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट ती बालिकाको उद्धार गरेको थियो। 

    त्यतिबेला शर्माविरुद्धको जाहेरीमा सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो। जतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। 

    शर्मामाथि मुद्दा नचलाउने सरकारी वकीलको निर्णयसहितको फाइल मानव अधिकार आयोगलेसमेत झिकाएको थियो। 

    सत्ताको प्रभावमा परेर आफ्ना सांसदलाई उन्मुक्ति दिएकोमा विरोध भएपछि आयोगले चासो देखाएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend