२०८३, आश्विन २० गते

images
  • राजनीति
  • बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, के छ...

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?

सोमवार, चैत्र १६ २०८२१०:१३
सोमवार, चैत्र १६ २०८२१०:१३
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बालेन नेतृत्वमा नयाँ सरकार बनेसँगै बालेनले दोस्रो क्याबिनेट बैठक बोलाएका हुन्। पहिलो बैठक शपथ सँगै शुक्रबार बसेको थियो । 

    प्रधानमन्त्री बालेनले आज दिउँसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि सयवटा कार्यसूची पारित गरेको थियो। 

    आजको मन्त्रिपरिषद् बैठकले पनि महत्त्वपूर्ण निर्णय गर्ने सम्भावना छ। 

    चैत १३ मा प्रधानमन्त्री नियुक्त बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो। यसअघिका सरकारले पनि हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक गर्दै आएका थिए। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend