२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ...

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ आज

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ आज

सोमवार, चैत्र १६ २०८२१०:१५
सोमवार, चैत्र १६ २०८२१०:१५
  • images

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ आज हुने भएको छ । आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको हो ।

    गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै ओलीकी पत्नी राधिका शाक्यले र लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले सर्वोच्चमा आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

    यसैगरी, पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुनुवाइ पनि आजै हुनेछ ।

    प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो ।

    ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

    पूर्वप्रधानमन्त्री ओली अस्वस्थ रहेका कारण शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचाररत छन् । लेखकलाई महाराजगन्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend