२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश पोखरेल र रेग्मीको इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश पोखरेल र रेग्मीको इजलासमा

सीएनएन खबर
सोमवार, चैत्र १६ २०८२११:२१
सीएनएन खबर
सोमवार, चैत्र १६ २०८२११:२१
  • images

    काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको मुद्दा न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । गोलाद्धारा तोकिएको पेसी दुवै इजलासमा पहिलो नम्बरमै तोकिएको छ। 

    ओलीका हकमा श्रीमती राधिका शाक्य रले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन् भने लेखकको हकमा श्रीमती यशोदा खकले निवेदन दर्ता गराएकी थिइन् । शनिबार दुवै नेताहरुलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ परेको थियो ।

    २३ र २४ भदौको जेन(जी आन्दोलनका क्रममा बल प्रयोग गरे अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको थियो । आइतबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पाँच दिन अनुसन्धानका लागि थुनामा राख्ने अनुमति पनि दिएको छ। 

    बन्दी प्रत्यक्षीकरणको निवेदनमा उनीहरुलाई अदालतबाट पक्राउ अनुमतिसमेत नलिइएको र पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी कार्यालयमै नपुगेको अवस्थामा प्रतिशोधपूर्ण रुपमा पक्राउ गरिएको दाबी गरिएको छ । सर्वोच्चले आज पहिलो सुनुवाइ गर्न लागेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend