२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ओलीलाई छाड्न मानेन सर्वोच्चले, कारण देखाउ...

ओलीलाई छाड्न मानेन सर्वोच्चले, कारण देखाउ आदेश जारी

ओलीलाई छाड्न मानेन सर्वोच्चले, कारण देखाउ आदेश जारी

सोमवार, चैत्र १६ २०८२०५:०९
सोमवार, चैत्र १६ २०८२०५:०९
  • images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। 

    पत्नी राधिका शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई छाड्न अस्विकार गरेको हो। अदालतले पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ। 

    ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमन गरेको आरोपमा सरकारले शनिबार बिहान पक्राउ गरेको थियो।

    उनलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनी स्वास्थ्यका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend