काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान ठाकुर लामिछानेलाई भेट्न उनको निजी निवास बुढानिलकण्ठ पुगेका थिए । उक्त भेटमा देशको वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको रास्वपाले जनाएको छ ।
पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएको समेत पाइएको छ ।

