२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • संसदीय दलको नेता चयन गर्न एमाले...

संसदीय दलको नेता चयन गर्न एमाले संसदीय दलको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न एमाले संसदीय दलको बैठक बस्दै

बुधवार, चैत्र १८ २०८२१०:३६
बुधवार, चैत्र १८ २०८२१०:३६
  • images

    काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दै छ ।

    बिहीबारदेखि संसदको अधिवेशन सुरु हुने भएकोले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ ।

    पार्टीका पूर्वउपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आयोजना गरिएको छ ।

    गत २१ फागुनमा भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट गरी २५ जना सांसद रहेका छन् ।

    बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend