२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सभामुखको निर्वाचन चैत २२ गते, मनोनयन...

सभामुखको निर्वाचन चैत २२ गते, मनोनयन दर्ता पर्सि

सभामुखको निर्वाचन चैत २२ गते, मनोनयन दर्ता पर्सि

बुधवार, चैत्र १८ २०८२०३:१४
बुधवार, चैत्र १८ २०८२०३:१४
  • images

    काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि निर्वाचन यही चैत २२ गते हुने भएको छ । सभामुख चयनका लागि मनोनयन दर्ता प्रक्रिया पर्सि चैत २० गते सञ्चालन गरिने तय गरिएको छ ।

    मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको कार्यतालिका टुंगो लगाएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा सांसद खुश्बु ओलीले मनोनयन दर्ता २० गते र निर्वाचन २२ गते गर्ने सहमति बनेको जानकारी दिइन् ।

    उनका अनुसार निर्वाचन सम्पन्न भएको दिनमै नवनिर्वाचित सभामुखले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रमसमेत राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend