२०८३, आश्विन २० गते

images
  • राजनीति
  • एमालेको संसदीय दलको नेतामा बादल, सुहाङले...

एमालेको संसदीय दलको नेतामा बादल, सुहाङले प्रस्तापक र समर्थक समेत पाएनन्

एमालेको संसदीय दलको नेतामा बादल, सुहाङले प्रस्तापक र समर्थक समेत पाएनन्

बुधवार, चैत्र १८ २०८२०४:४२
बुधवार, चैत्र १८ २०८२०४:४२
  • images

    काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन् ।

    संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए । तर नेम्वाङले समर्थक र प्रस्तावक पाएनन् । सुहाङले समर्थक र प्रस्तावक नपाएपछि चुनाव नभइ थापा निर्विरोध निर्वाचित हुने भएका हुन् ।

    पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो ।

    निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका थिए । सुहाङले पनि उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिइसकेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend