काठमाडौं । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘Smart Ghar, Smart Suruwat’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले टिभी तथा होम एप्लायन्स खरिदमा आकर्षक छुट, पक्का उपहार र २४ महिनासम्मको EMI सुविधा पाउनेछन् ।
यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुने कम्पनीले जनाएको छ । सामसङका Vision AI टिभी र Bespoke AI होम एप्लायन्सहरूमा विशेष छुटसहित ग्राहकलाई स्मार्ट जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ ।
अफर अन्तर्गत टिभीमा अधिकतम २५ प्रतिशतसम्म, वाशिंग मेशिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट प्रदान गरिएको छ । यसले नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारलाई सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।
ग्राहकलाई थप आकर्षित गर्न, चयनित टिभी खरिदमा १२ महिनासम्मको NETTV प्याकेज निःशुल्क उपलब्ध गराइएको छ । त्यसैगरी, केही वाशिंग मेशिन खरिदमा Surf Excel Matic ६ केजी पक्का उपहारको रूपमा प्रदान गरिनेछ ।
EMI सुविधाअन्तर्गत ग्राहकहरूले ५० हजार रुपैयाँभन्दा माथिका सामान ४० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन् । १२ महिनाको EMI मा ० प्रतिशत ब्याजदर लागू हुने भए पनि २४ महिनाको EMI मा ७.९९ प्रतिशत ब्याज लाग्नेछ ।
साथै, ग्राहकहरूले आफ्ना पुराना उपकरणहरू ArkoStore वा अधिकृत सामसङ स्टोरमार्फत एक्सचेन्ज गरी नयाँ उत्पादन खरिद गर्न सक्ने सुविधा पनि उपलब्ध छ ।

